मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित

न्यूजस्टोरी

काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । वीरगञ्जमा भएको रेड बल क्रिकेटमा टस जितेर पुलिसले मधेशलाई पहिला ब्याटिङमा बोलाएको थियो । पहिला ब्याटिङ गरेको मधेश पहिलो पारीमा १२९ रनमा अलआउट भएको थियो ।

पुलिसले आफ्नो पहिलो पारीमा ४ विकेटमा २५८ रन बनाएर पारी घोषित गरेको थियो । त्यसपछि मधेश दोस्रो पारीमा ९४ रनमा अलआउट भयो । मधेश यसरी एक पारी र ३५ रनले पराजित भएको हो ।

पुलिसको जितमा ब्याटिङतर्फ कुशल भुर्तेलले ६३ रन बनाएका थिए भने उनले नै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो पारीमा २ विकेट लिएका थिए भने दोस्रो पारीमा ५ विकेट लिए । भुर्तेललको अलराउन्ड प्रदर्शनमा जारी प्रतियोगितामा पहिलो नतिजा निस्केको हो । पुलिसका लागि पहिलो पारीमा गुल्सन झाले ५ विकेट लिएका थिए भने दोस्रो पारीमा ३ विकेट लिए ।

उता मधेशका लागि मयन यादवबाहेक अन्यको प्रदर्शन निकै फितलो रह्यो । मयनले पहिलो पारीमा ५९ रन बनाएका थिए भने दोस्रो पारीमा पनि २२ रन बनाए । तर, उनलाई कुनै पनि ब्याटरबाट सहयोग नहुँदा मधेश जारी प्रतियोगितामा पहिलो हार व्यहोर्न बाध्य भएको हो । मधेशका लागि कप्तान हरिशंकर साहले दुई र रुपेश सिंहले एक विकेट लिएका थिए ।

यसअघि पहिलो खेलमा मधेशले बागमती प्रदेशसँग ड्र खेलेको थियो भने पुलिस क्लबले त्रिभुवन आर्मीसँग बराबरी खेलेको थियो ।