किरण कुँवर
चितवन, २० पुस । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा १५ औं चितवन महोत्सव आयोजना हुने भएको छ । पत्रकार सम्मेलन मार्फत संघले उक्त कुराको जानकारी गराएको हो । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिइएको महोत्सव प्रत्येक २-२ बर्षमा हुने गरेको छ ।
महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवर्द्धनमा टेवा दिने अपेक्षा आयोजकको छ । चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले आयोजना गरिने यसपटकको महोत्सवमा ४३० स्टल रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो । मन्दीका कारण विक्षिप्त बनेको आर्थिक क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा आयोजकको छ ।


प्रतिक्रिया