मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

न्यूजस्टोरी

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।