मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बङ्गलादेशलाई हराउँदै भारतले जित्यो १९ वर्षमुनिको महिला एशिया कपको उपाधि

बङ्गलादेशलाई हराउँदै भारतले जित्यो १९ वर्षमुनिको महिला एशिया कपको उपाधि

न्यूजस्टोरी

बङ्गलादेशलाई ४१ रनले हराउँदै भारतले १९ वर्षमुनिको महिला एशिया कपको उपाधि जितेको छ ।

भारतले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो । बङ्गलादेशकी जुआरिया फेरदौसले सबैभन्दा धेरै २२ रन बनाइन् । भारतकी आयुषी शुक्लाले ३ विकेट लिइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरका टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनायो । भारतकी गोन्गाडी त्रिशाले ५२ रन बनाइन् । बङ्गलादेशकी फरजाना इस्मिनले ४ विकेट लिइन् ।

प्रतियोगितामा नेपाल पनि सहभागी भएकोमा ‘सुपर–फोर’ बाट बाहिरिएको थियो ।