चितवन, ६ पुस । चितवनमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल तेक्वान्दो डोजाङ्गले उचालेको छ । जसले ५ स्वर्ण, १ रजत र १ कास्यसहित उपाधीसगैँ ५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्दै पहिलो भएको हो ।
भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रयोगितामा चितवनको खैरहनी तेक्वान्दो डोजाङ्ग दोश्रो हुन सफल भएको भरतपुर महानगर खेलकुद विकास समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो ।
जसले ४ स्वर्ण, ५ रजत र ३ कास्यसहित दोश्रो हुदै नगर ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रमाण समेत प्राप्त गर्न सफल भएको थियो । यसैगरि प्रतियोगितामा श्री नेत्रदय तेक्वान्दो डोजाङ्ग बारा तेश्रो स्थान हात पार्न सफल भयो । जसले ४ स्वर्ण, १ रजत र २ कास्यसहित तेश्रो हुदै नगर २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै उत्कृष्ट निर्णयक तर्फ ललितपुर घर भएका राजनकुमार श्रेष्ठ, उत्कृष्ट पुरुष खेलाडीमा चितवन घर भएका अभिषेक गिरी र उत्कृष्ट महिला खेलाडीमा बुटबल घर भएकी अञ्जली चौधरी घोषित भएको थिए । भने उनीहरुले नगद ५÷५ पुरस्कारसहित शिल्ड प्रमाण पाउन सफल भएका खेलाडीलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगिा पुस ४ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा देशभरका ४० बढी जिल्लाबाट ७ सय १० जना खेलाडी सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले खेल विकासमा भरतपुरको ईतिहासमा नयाँ रेर्कड कायम भएको उल्लेख गर्नभयो ।


प्रतिक्रिया