काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शुक्रबार) को दोस्रो खेलमा चितवन राइनोजले फिल्डिङ निम्तो पाएको छ । विराटनगर किंग्सले टस जितेर ब्याटिङ रोजेपछि चितवन राइनोजले फिल्डिङ निम्तो पाएको हो । तालिकाको अन्तिममा रहेको विराटनगरको प्लेअफको सम्भावना भने करिव सकिएको छ।
यसअघि नै जनकपुर बोल्ट्स प्लेअफमा पुगिसकेको छ भने बाँकी दुई टोलीको पनि ८ अंक भइसकेको छ । चितवन ६ अंकसहित चौथो स्थानमा छ । आजको खेल जिते पनि विराटनगरको प्लेअफ सम्भावना लगभग सकिइसकेको छ । तर हारे पनि चितवनको भने सम्भावना कायम छ ।
प्रतिक्रिया