किरण कुँवर
चितवन, २७ मंसिर । चितवनमा जारी रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा पदमा स्पोर्ट क्लवले फाईनलमा स्थान पक्का गरेको छ । खेलमा सुुरुबाटै पदमा स्पोर्ट क्लवले निजगढ फूटवल क्लवमाथि आफ्नो दवदवा कायम राखेको थियोे ।
निजगढ फुटबल क्लब (बारा) लाई ३-० गोलको नमिठो स्वाद चखाउँदै पदमा स्पोर्ट क्लव (ओखलढुङ्गा) ले फाइनलमा स्थान पक्का गरेको हो ।
खेल अवधिभर खेलमा निकै सन्तुलीत रहेको पदमा स्पोर्ट क्लवका तर्फबाट मेनुका आलेमगर उत्कृष्ट खेलाडी घोषित भइन । अव, फाईनल खेलमा पदमा स्पोट क्लवको भेट आयोजक रत्न प्रिय फुटबल क्लबसंग हुनेछ ।
प्रतिक्रिया