किरण कुँवर
चितवन, २६ मंसिर । चितवनको रत्ननगर स्थित टिकौली खेल मैदानमा जारी रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज भएको खेलमा आयोजक रत्न प्रिय क्लव विजयी भएको छ ।
खेलको पुरा अवधिभर दुवै टीमको तर्फबाट समान १-१ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ३–१ गोल अन्तरले रत्न प्रिय क्लव विजयी बन्यो । आजको खेलमा विजयी भएसंगै आयोजक रत्न प्रिय क्लव फाईनलमा प्रवेश गरेको छ । रत्न प्रिय क्लवका तर्फबाट गोलकिपर उषा थापा उतकृष्ट खेलाडी घोषित भईन् ।
वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारी, वडा नं.४ रामकुमार चौधरी, वडा नं. ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, समाजसेवी बलराम खनालले संयुक्त रूपमा पुरस्कार थापालाई हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको बिजेता टिमलाई एक लाख ११ हजार १११ र उपविजेता टिमलाई ५५ हजार ५५५ रूपैयाँसहित शिल्ड, मेडल, ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक प्रवेश कुँवरले जानकारी दिए ।
प्रतिक्रिया