मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनपिएलः काठमाण्डुमाथि सुदूरपश्चिमको सानदार जित

एनपिएलः काठमाण्डुमाथि सुदूरपश्चिमको सानदार जित

न्यूजस्टोरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको शानदार जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो ।

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो ।