मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

बढ्यो पेट्रोल र हवाई इन्धनको मूल्य

न्यूजस्टोरी

काठमाडौं, १६ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र हवाई ईन्धनको मूल्य बढाएको हो ।

निगमका अनुसार प्रतिलिटर एक रुपैयाँले पेट्रोलको मूल्य बढेको छ । त्यस्तै हवाई इन्धनको मूल्य पनि बढेको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि भएको निगमले जनाएको छ ।
ग्यासको मूल्य बढेर आएपनि अहिलेलाई यथावत् राखिएको निगमले जनाएको छ ।उपभोक्ताको हितलाई मध्यनजर गर्दै खानापकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य बढेसँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १ सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १ सय ५९ र तेस्रो वर्गमा १६० कायम भएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।