किरण कुँवर
चितवन, ८ मंसिर । रत्ननगर उद्योग बाणिज्य संघको २५औं बार्षिक साधारण सभा यसै हप्ता सम्पन्न भएको छ । वागमती प्रदेश सरकारका उद्योग, बाणिज्य,भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले आर्थिक मन्दीको असर प्रति चिन्ता ब्यक्त गर्नुभयो । पर्यटन पूर्वाधार निर्माण, औद्योगिक क्षेत्र निर्माण, सडक सञ्जाल, दोहोरो कर नीतिको अन्त्य लगायतका विषयमा समेत छलफल गरिएको छ । कार्यक्रममा बोल्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर सरकारी अनुदानले बजारमा प्रतिस्पर्धा भन्दा पनि विकृति बढाएको प्रसंग उल्लेख गर्दै सरकारी अनुदानलाई उत्पादनसंग जोड्दै व्यवसायीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । शक्तिखोरमा औद्योयिक क्षेत्र निर्माण, उद्योग दर्तामा एकद्धार प्रणाली, महिला उद्यमीलाई दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गर्न समेत उहाँले सरकारसंग माग गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री तामाङले उद्योगको नवीकरण र दर्तालाई सहज बनाउन कर्मचारीलाई निर्देशन दिइसकेको भन्दै अब कसैले पनि उद्योग दर्ता र नविकरण गर्दा हैरानी व्यहोर्नु नपर्ने उल्ेख गर्नुभयो । साधारण सभाको बन्द सत्रले अध्यक्ष गिरीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, उपाध्यक्ष रामशरण नेपालले प्रस्तुत गरेको भावी योजना, महासचिव उपेन्द्र शर्मा आचार्यले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष विनोद घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले जानकारी दिनुभयो ।


प्रतिक्रिया