मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेर १ लाख ६३ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलामा १ हजार १ सय रूपैयाँ र सोमबार १ हजार रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ५ रूपैयाँले घटेर १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।