मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी तोलाको १९०५ रुपैयाँमा कारोबार भएको थियो ।