मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वदेश फर्कियो यु १९ टोली

स्वदेश फर्कियो यु १९ टोली

न्यूजस्टोरी

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली हिजो स्वदेश फर्किएको छ ।

अस्ति बुधवार भएको एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका आधारमा सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

विश्वकपमा छनोट भएका खेलाडीसहितको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले स्वागत गरेका छन् । विश्वकपमा पुगेसँगै नेपालले यही डिसेम्बरमा मलेसियामा नै हुने एसीसी १९ वर्षमुनिका महिला टी–२० एशिया कपमा समेत खेल्ने अवसर पाएको छ ।

यसैबीच, क्यानले १९ वर्षमुनिको महिला टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद र टिममा रहेका अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।