मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय ब्याट्सम्यान शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

भारतीय ब्याट्सम्यान शिखर धवनले कर्णाली याक्सबाट एनपीएल खेल्ने

न्यूजस्टोरी

काठमाडौँ । भारतीय पूर्व ओपनर क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

कर्णाली याक्सले ३८ वर्षीय भारतीय पूर्व खेलाडी धवनलाई भित्र्याएको हो । धवन एनपीएल खेल्ने अहिलेसम्मका हाइप्रोफाइल क्रिकेटर हुन् । धवनले गत अगस्तमा भारतको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए ।

भारतका लागि ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० खेलेका धवनले आईपीएल टिम पञ्जाव किंग्सको कप्तानी पनि गरेका थिए । उनले आईपीएलमा पञ्जाब किंग्ससहित डेकन चार्जर्स, मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबाट खेलेका थिए । उनले भारतका लागि अन्तिम खेल सन् २०२२ को डिसेम्बरमा खेलेका थिए ।

सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले यसअघि पाकिस्तानका अल राउण्डर हुसैन टलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चाडविक वाल्टनलाई भित्र्याएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पहिलो नेपाल प्रिमियर लिग आगामी मङ्सिर १५ देखि पुस ६ सम्म त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।