मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यू-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरूद्व खेल्ने

यू-१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरूद्व खेल्ने

न्यूजस्टोरी

काठमाडौं । आइसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरूद्व खेल्ने भएको छ । नेपालले युएईविरूद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ : १५ बजे सुरु हुने छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ । यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।