मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यः प्रतितोला दुई हजारले बढ्यो

सुनको मूल्यः प्रतितोला दुई हजारले बढ्यो

न्यूजस्टोरी

काठमाडौं । बिहीबार एकैदिन चार हजारले घटेको सुनको मूल्य आज दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार १ लाख ६८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्यमा भारी गिरावट आएर बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा पुगेको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।