मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाधि भिडन्तमा इन्टर

उपाधि भिडन्तमा इन्टर

न्यूजस्टोरी

इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको नापोलीभन्दा एक अंकले पछि परेको इन्टर मिलान उपाधि भिडन्त फर्किएको छ।

लाउटारो मार्टिनेजको एक मात्र गोलको मद्दतमा इन्टरले आइतबार राति भेनेजियामाथि १–० को जित निकालेको थियो। यता, नेपोलीले घरेलु मैदानमा एटलान्टालाई ३–० ले हरायो।
सन् २०२१ मा सिरी ‘ए’को उपाधि जिताएका नापोलीका प्रशिक्षक एन्टोनियो कोन्टे आगामी आइतबार सान सिरोमा आफ्नो पूर्वटोलीविरुद्ध टचलाइनमा उत्रिने छन्। त्यसअघि च्याम्पियन्स लिगमा बुधबार आर्सनलको सामना गर्दै इन्टरले अर्को कठिन परीक्षा पार गर्नेछ।

आइतबार सान सिरोमा भएको खेल निकै रोमाञ्चक रह्यो। नेपोलीसँगको अन्तरलाई एक अंकमा झार्न इन्टरले धेरै अवसर पाएको थियो। तर, इन्टरका गोलकिपर यान सोमर पनि व्यस्त रहे।

खेलको ६५ औं मिनेटमा डिमार्कोको क्रसमा लाउटारोको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।