मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्नेमाउथसँग डिफेन्डिङ च्याम्पियन सिटी पराजित

बर्नेमाउथसँग डिफेन्डिङ च्याम्पियन सिटी पराजित

न्यूजस्टोरी

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा बर्नेमाउथसँग रोकिएको छ।

भिटालिटी स्टेडियममा शनिबार राति भएको खेलमा सिटी घरेलु टोलीसँग २-१ ले पराजित भएको हो। जारी लिगमा सिटीको यो पहिलो हार हो।

हारसँगै १० खेलबाट २३ अंक जोडेको सिटीले शीर्ष स्थान गुमाएको छ। सिटी लिभरपुलभन्दा दुई अंकले पछि परेको हो।जितसहित आठौं स्थानमा उक्लिएको बर्नेमाउथले भने समान खेलबाट १५ अंक पुर्‍याएको छ।

खेलको नवौं मिनेटमै एन्टोइन सेमेन्योको गोलमार्फत घरेलु टोलीले अग्रता लिएको थियो। ६४औं मिनेटमा इभानिल्सनले अग्रता दोब्बर बनाए। दुवै गोलमा मिलोस केर्केजले असिस्ट गरेका हुन्।

८२औं मिनेटमा जोस्को ग्वार्डियोलले सिटीका लागि गोल फर्काए। इल्के गुन्डोगनको क्रसमा उनले गोल गरेपनि सिटीको हार टार्न सकेनन्।