मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलाहले लिभरपुललाई उकाले शीर्ष स्थानमा

सलाहले लिभरपुललाई उकाले शीर्ष स्थानमा

न्यूजस्टोरी

निर्णायक गोल गर्दै मोहम्मद सलाहले लिभरपुललाई इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उकालेका छन्।

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले पाहुना टोली ब्राइटनलाई २-१ ले पाखा लगाएको हो। जितसँगै लिभरपुलले १० खेलबाट २५ अंक पुर्‍याएको छ।

जुन दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको भन्दा दुई अंक बढी हो। ब्राइटनको भने यो दोस्रो हार हो। सातौं स्थानमा रहेको ब्राइटनको समान खेलबाट १६ अंक छ।

१४औं मिनेटमै ब्राइटनले फेर्डी काडियोग्लुको गोलमा सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता ६९औं मिनेटसम्म कायम रह्यो। कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए।

बराबरीतर्फ उन्मुख खेलमा सलाहले ७२औं मिनेटमा गोल थपे। यो गोलसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।