मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साम्बासम्मिलित ग्वेन्ग्याम्पले खायो ७ गोल

साम्बासम्मिलित ग्वेन्ग्याम्पले खायो ७ गोल

न्यूजस्टोरी

नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित अभान्ट ग्वेन्ग्याम्पले फ्रान्सेली प्रिमियर लिगमा फराकिलो हार बेहोरेको छ।

बर्नार्ड ग्यासेट स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोली मोन्टपेलियरसँग ग्वेन्ग्याम्प ७-० ले पराजित भएको हो। लिगमा ग्वेन्ग्याम्पको यो पाँचौं हार हो। ६ खेल खेलेको ग्वेन्ग्याम्प तीन अंकसहित १०औं स्थानमा छ।

समान खेल खेलेको मोन्टपेलियर भने १० अंकसहित छैटौं स्थानमा उक्लिएको छ। सावित्रा भने ७०औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी थिइन्।