मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खराब लयबाट गुज्रिएको नेपालले आज स्कटल्याण्डसँग खेल्दै

खराब लयबाट गुज्रिएको नेपालले आज स्कटल्याण्डसँग खेल्दै

न्यूजस्टोरी

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ । एक दिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।

यस श्रृंखलाको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । 

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एक दिवसीय खेल भएका छन् । जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन् । दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो ।