मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साबिक विजेता बंगलादेशविरुद्ध पाकिस्तानलाई अग्रता

साबिक विजेता बंगलादेशविरुद्ध पाकिस्तानलाई अग्रता

न्यूजस्टोरी

पाकिस्तानले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको दोस्रो खेलमा साबिक विजेता बंगलादेशविरुद्ध सुरुआती अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले १-० को अग्रता लिएको हो। पाकिस्तानका लागि एकमात्रै गोल जालिमा मलिकले गरिन्। उनले खेलको ३१औं मिनेटमा गोल गरेकी हुन्।

समूहचरणको पहिलो खेलमा पाकिस्तान भारतसँग ५-२ ले पराजित भएको थियो। सेमिफाइनल यात्रा जीवितै राख्न पाकिस्तानलाई बंगलादेशविरुद्धको खेलमा जित आवश्यक छ।