मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई हरायो, दीपेन्द्रले लिए ३ विकेट

टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई हरायो, दीपेन्द्रले लिए ३ विकेट

न्यूजस्टोरी

काठमाडौं । टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ। ग्रान्ड प्रेरिमा शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन बनायो। अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १-१ विकेट लिए। दीपेन्द्रले १५ ओभरको पहिलो र दोस्रो बलमा पाँचौं र छैंटौं विकेट तथा अन्तिम ओभरमा आफ्नो तेस्रो विकेट लिए।

यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो। नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए। दीपेन्द्र आउट भएलगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए।

नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए। अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २ २ विकेट लिए। नेपाल र अमेरिकाबीच ३ टी २० खेल हुनेछ। दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ।