मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूजील्याण्डविरुद्ध भारतको अत्यन्त खराब ब्याटिङ, सस्तैमा समेटियो

न्यूजील्याण्डविरुद्ध भारतको अत्यन्त खराब ब्याटिङ, सस्तैमा समेटियो

न्यूजस्टोरी

बेंग्लौर । न्यूजील्याण्डविरुद्धको टेस्ट सीरीजको पहिलो खेलमा भारतको ब्याटिङ लाइनअप ध्वस्त भएको छ । न्यूजील्याण्डले उत्कृष्ट बलिङ गरेपछि भारत ४६ रनमै समेटिएको छ । वर्षाले प्रभावित भएको खेल दोस्रो दिन बिहीवार ढिलो गरि प्रारम्भ भएको थियो ।यो टेस्टमा भारतले लञ्च समयसम्न नै ६ विकेट गुमाएर ३४ रन मात्र बनाउन सकेको थियो । ताजा अवस्थामा भारतले ३१.२ ओभरमा सबै विकेट गुमाएर ४६ रन बनाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले लञ्चसम्म केवल ३४ रन बनाएको थियो भने आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको थियो ।

भारतका लागि विकेट कीपर ब्याट्सम्यान ऋषभ पन्तले मात्र सर्वाधिक २० रनको योगदान दिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् । भारतका ओपनर यशस्वी जायसवालले १३ रनको योगदान दिए भने कप्तान रोहित शर्मा २ रन बनाएर आउट भए । जसप्रीत बुमराहले एक रनको योगदान दिए भने मोहम्मद सिराजले ४ रन तथा कुलदीप यादवले २ रनको योगदान दिए ।

उनीहरुबाहेक विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन शून्य रनमा आउट भए । न्यूजील्याण्डका लागि माट हेनरीले सर्वाधिक ५ विकेट लिए भने विलियम ओ’रोर्कले चार विकेट लिए । टिम साउदीले पनि एक विकेट लिए । हेनरीले १५ रन दिएर ५ विकेट लिएका हुन् ।