काठमाडौं, २६ असोज । चालू आर्थिक वर्षको दुई महिनामा छ करोड रुपैयाँभन्दा धेरैको तास आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौमा गरेर छ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको हो ।
सरकारले जुवा तासलाई गैरकानुनी क्रियाकलाप मानेर कारबाही गरे पनि तास आयात भने खुला गरेको छ । दशैँ र तिहारलाई लक्षित गरेर साउन र भदौमा तास आयात वर्षेनि बढ्ने गरेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार यो वर्षको साउन र भदौमा २० लाख सात हजार आठ सय ९२ बुक तास आयात भएका छन् । गएको अघिल्लो वर्ष २०८०-८१ मा ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो ।


प्रतिक्रिया