मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलंका भ्रमण : पहिलो अभ्यास खेलमा नेपाल र श्रीलंका डेभ्मेन्टबीच प्रतिस्पर्धा

श्रीलंका भ्रमण : पहिलो अभ्यास खेलमा नेपाल र श्रीलंका डेभ्मेन्टबीच प्रतिस्पर्धा

न्यूजस्टोरी

काठमाडौं । श्रीलंका भ्रमणको पहिलो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभ्लपमेन्टसँग आज मंगलबार प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका डेभ्लपमेन्ट बिहान पौने ११ बजे आमने सामने हुनेछन्।

आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलंका पुगेको हो। तयारीका लागि नेपालले स्थानीय टोलीसँग एकदिवसीय अभ्यास खेल्न लागेको हो। नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्य टोली घोषणा गरिसकेको छ। सोही टोलीबाट नेपालले क्यानडा जाने अन्तिम टोली पनि घोषणा गर्नेछ।

नेपालको टोली
रोहित पौडेल (कप्तान), रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा,दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने

संशोधित खेल तालिका :