मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

न्यूजस्टोरी

काठमाडाैं । दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने भएको छ । सुकिला नोट नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्मको लागि सटही व्यवस्था मिलाएको हो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ ।

सरकारले यसअघि दशैँका लागि नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपाली नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ ।