मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असोज मसान्तसम्म नेप्सेमा नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने

असोज मसान्तसम्म नेप्सेमा नवीकरण शुल्क नबुझाए १० प्रतिशत जरिवाना लाग्ने

न्यूजस्टोरी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरुलाई असोज मसान्तसम्म आव २०८१–८२ को नवीकरण शुल्क अनुरोध गरिएको छ । 

तोकिएको समयमा नबुझाए नवीकरण शुल्कको १० प्रतिशतका दरले जरिवाना लाग्ने र सूचीकरण स्थगत गर्न सकिने नेप्सेद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।  

५० करोडसम्म चुक्ता पूँजी भएका कम्पनीले वार्षिक ५० हजार र ५० करोड माथि चुक्ता पूँजी भएका कम्पनीले १ लाख नवीकरण शुल्क बुझाउनु पर्छ । डिबेञ्चर–म्युचुअल फण्डहरुको ५० करोडसम्मको २५ हजार र ५० करोड माथिको ५० हजार नवीकरण शुल्क लाग्ने नेप्सेले जनाएको छ ।