काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ । आज अन्तरराष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया