मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव सिर्जित जलवायु परिवर्तनकै कारण मध्य युरोपमा ठूलो बाढी आएको पुष्टि

मानव सिर्जित जलवायु परिवर्तनकै कारण मध्य युरोपमा ठूलो बाढी आएको पुष्टि

न्यूजस्टोरी

मध्य युरोपमा यसै महिना आएको ठूलो बाढीमा मानव सिर्जित जलवायु परिवर्तन नै मुख्य कारक रहेको एउटा अध्ययनले जनाएको छ । मानिसकै गतिविधिका कारण नसोचिएको वर्षा भएको र वर्षाले विनाशकारी बाढी निम्त्याएको अध्ययनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यही सेप्टेम्बर महिनामा बोरिस आँधीबाट आएको मुसलधारे वर्षाले मध्य युरोपको ठूलो क्षेत्रलाई प्रभावित गर्दा रोमानिया, पोल्यान्ड, चेक गणतन्त्र, अस्ट्रिया, हङ्गेरी, स्लोभाकिया र जर्मनीमा ठूलो क्षति भएको छ । बाढीबाट २४ जनाको ज्यान गएको छ । पुलहरू क्षतिग्रस्त भएका छन्, केही शहर अझै बिजुलीविहीन छन् । बाढीले क्षति पुर्‍याएको पूर्वाधार मर्मतका लागि अर्बौं युरो चाहिने खबरमा उल्लेख छ ।

यो महिनाको ठूलो वर्षा मध्य युरोपमा अहिलेसम्म रेकर्ड गरिएको ‘धेरै ठूलो’ रहेको र कोइला, तेल र प्राकृतिक ग्यास जलाउँदा उत्पन्न हुने तापक्रम वृद्धिका कारण यसको सम्भावना दोब्बर भएको वैज्ञानिकहरूको समूह ुवर्ल्ड एट्रिब्युसनु को अध्ययनले बताएको छ । अध्ययनले जलवायु परिवर्तनले वर्षालाई सातदेखि २० प्रतिशतसम्म तीव्र बनाएको बताएको छ ।

अध्ययनका प्रमुख लेखक तथा इम्पेरियल कलेज लन्डनका जलवायु शोधकर्ता जोयस किमुताईले अहिलेको वर्षा र बाढी सिधै जीवाश्म इन्धनबाट बढेको तापक्रमसँग सम्बन्धित रहेको बताउनुभएको छ । मध्ये युरोपमा अहिलेसम्मको वर्षाको रेकर्ड तोडिएको र यति ठूलो अन्तरमा रेकर्ड तोडिनु अर्को अचम्मको विषय भएको खबरमा उल्लेख छ ।

वर्ल्ड वेदर एट्रिब्युसनु को अध्ययनले विश्वव्यापी तापक्रम अझै पनि बढ्दै गएमा यसपटक मध्य युरोपमा भएको वर्षा र बाढीको जोखिम ५० प्रतिशतले बढ्ने चेतावनी दिएको छ ।