मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकीमा अनुबन्ध भइन् भारतीय सेटर जुही

गण्डकीमा अनुबन्ध भइन् भारतीय सेटर जुही

न्यूजस्टोरी

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युसीएल) को फ्रेन्चाइज गण्डकी थन्डर्सले भारतीय खेलाडी जुही शालाई भित्र्याएको छ।

गण्डकीले शालाई चौथो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो। गण्डकीले यसअघि रसियाकी जुभियागिन सिभा तथा एलिसा रुबियक र भारतबाट शिल्पा सिन्धुलाई अनुबन्ध गरेको थियो।

भारतीय टोलीकी अनुभवी सेटर शासँग नेपालमा पनि भलिबल खेलेको अनुभव छ। काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा भारतलाई उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

उनी वेस्ट सेटर पनि घोषित भएकी थिइन्। शासँग एभीसी च्यालेन्ज कप खेलेको पनि अनुभव छ। उनले १५ भन्दा धेरै राष्ट्रियस्तरका प्रतियोगिता खेलेकी छन्।

योसँगै गण्डकीको विदेशी खेलाडी कोटा सकिएको छ। अब गण्डकीले ट्यालेन्ट हन्टबाट एक खेलाडी अनुबन्ध गर्न बाँकी छ।