मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पलेशा र प्रशिक्षक लामालाई काठमाण्डौ महानगर–८ को सम्मान

पलेशा र प्रशिक्षक लामालाई काठमाण्डौ महानगर–८ को सम्मान

न्यूजस्टोरी

काठमाडौं, ३ असोज । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ८ ले नगदसहित सम्मान गरेको छ । हिजो एक कार्यक्रमकाबीच वडा नम्बर ८ ले जनही ५१ हजार रुपैयाँसहित पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा वडाध्यक्ष आशामान सङ्गतले पलेशाले नेपालको पहिचानको उचाइ बढाउन गरेको योगदान अतुलनीय रहेको भन्दै यो सबै नेपालीको जीत भएको बताउनुभयो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक पदक जितेकी थिइन् ।