मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आठ टोलीले पाए मार्की खेलाडी

आठ टोलीले पाए मार्की खेलाडी

न्यूजस्टोरी

नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार घोषित आठ जना मार्की खेलाडीको टोलीमा अनुबन्ध भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार गोला प्रथाबाट आठ मार्की खेलाडी छुटाइदिएको हो।

जसअनुसार काठमाडौंले करण केसी, पोखराले कुशल भुर्तेल, चितवनले कुशल मल्ल, विराटनगरले सन्दीप लामिछाने, लुम्बिनीले रोहितकुमार पौडेल, जनकपुरले आसिफ शेख, कर्णालीले सोमपाल कामी र सुदूरपश्चिमे दीपेन्द्रसिंहलाई मार्की खेलाडीमा उक्सन गरेको हो।क्यानका अनुसार हरेक टोलीले आफ्नो मार्की खेलाडीलाई न्यूनतम २० लाख रुपैयाँ दिनुपर्नेछ। एनपीएल आगामी ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ। यसअघि क्यानले सुरुमा टिमको अक्सन गरेको थियो। त्यसपछि मार्की खेलाडी सार्वजनिक गरेको हो। अब अक्सनमार्फत खेलाडी अनुबन्ध हुनेछन्।