मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

न्यूजस्टोरी

इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा ५ बजे आर्सनल र ब्राइटन खेल्दैछन् । त्यस्तै राति सवा १० बजे म्यानचेस्टर सिटी र वेस्टह्याम खेल्नेछन् । साविक विजेता सिटी छ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

समान छ अङ्क नै रहेको ब्राइटन दोस्रो, आर्सनल तेस्रो र लिभरपुल चौथो स्थानमा छ । सिटी र वेस्टह्यामको खेल अघि बेलुका पौने ८ बजे नटिङघम फरेस्ट र उल्भ्स, लेस्टरसिटी र एस्टनभिल्ला, इपस्वीच टाउन र फुलहम, ब्रेन्टफोर्ड र साउथह्याम्पटन तथा एभर्टन र बर्नमाउथबीच खेल हुनेछ ।