मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो हाफमा अर्को गोल थप्यो बंगलादेशले, दबाबमा नेपाल

दोस्रो हाफमा अर्को गोल थप्यो बंगलादेशले, दबाबमा नेपाल

न्यूजस्टोरी

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको उपाधि भिडन्तमा नेपाल २ गोलले पछि परेको छ ।

पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा अर्को गोल पनि खायो । बंगलादेशले खेलको ५४ औँ मिनेटमा दोस्रो गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भइरहेको खेलमा नेपालले पहिलो हाफको अन्तिम समयमा पहिलो गोल खाएको  थियो ।

उपाधि भिडन्तमा बंगलादेशका लागि पहिलो हाफको इन्जुरी समयमा मिराजुलले उत्कृष्ट फ्रिक गर्दै बललाई जाली चुमाएका थिए । दोस्रो हाफमा पनि गोल खाएपछि अब नेपाललाई खेलमा पर्किन मुस्किल देखिएको छ  ।

सेमिफाइनलमा भुटानलाई हराएर फाइनलमा पुगेको नेपाल र भारतलाई हराएर फाइनलमा पुगेको बंगलादेशबीच उपाधि भिडन्त भएको हो । नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यस्तोमा बंगलादेशले चाहेअनुसारको गोल गर्न सफल भएको छ ।

यही भदौ २ गते सुरु भएको प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देश सहभागी भए ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका थिए । यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो ।