मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बायर्नलाई सुखद सुरुआत

बायर्नलाई सुखद सुरुआत

न्यूजस्टोरी

काठमाडौं, १० भाद्र । सर्ज गनाब्रीको निर्णायक गोलसँगै बायर्न म्युनिखले बुन्डेसालिगामा सुखद सुरुआत गरेको छ। गत सिजन उपाधि रक्षा गर्न नसकेको बायर्नले वुल्फ्सबर्गलाई ३–२ ले पराजित गरेको हो।

फक्सवागन एरेनामा आइतबार भएको खेलसँगै बायर्नले तीन अंक जोडेको छ। १९औं मिनेटमा जमाल मुसियाले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता बायर्नले कायम राख्न सकेन।दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै लोभ्रो माजेरले पेनाल्टीमा गोल गर्दै घरेलु टोली वुल्फ्सबर्गलाई खेलमा फर्काए। त्यसको आठ मिनेटमै उनले अर्को गोल थपे। तर, ६५औं मिनेटमा जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेपछि बायर्नलाई खेलमा फर्किने मौका मिल्यो।

त्यसमाथि ८२औं मिनेटमा कप्तान ह्यारी केनले मिलाइदिएको पासमा सर्जले गोल थप्दै बायर्नलाई स्पष्ट तीन अंक दिलाइदिए।