मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेस्टरसँग रोकियो टोटनह्याम

लेस्टरसँग रोकियो टोटनह्याम

न्यूजस्टोरी

३७ वर्षीय स्ट्राइकर जेमी भार्डीको गोलसँगै इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा लेस्टर सिटीले अंक जोडेको छ।

सोमबार राति भएको खेलमा टोटनह्यामसँग १–१ गोलको बराबरी खेल्दै लेस्टरले एक अंक जोडेको हो। टोटनह्यामले ठूलो अग्रता बनाउने प्रशस्त अवसर पाएको थियो। तर, यही सिजन अनुबन्धित भएका डोमिनिक सोलान्के पनि केही अवसर गुमाए।२९ औं मिनेटमा स्पेनिस डिफेन्डर पेड्रो पोरोले टोटेनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए। उनले लेस्टरका दुई डिफेन्डरलाई बिट गर्दै हेडरबाट बललाई जाली चुमाए।

तर, सन् २०१६ मा लेस्टरलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका भार्डीले बराबरी गोल फर्काएका थिए ।