मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

न्यूजस्टोरी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात गर्‍यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हरायो ।

हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै उसले तीन अङ्क जोडेको छ । प्रिमियर लिगमा युनाइटेड २० पटकको च्याम्पियन टोली हो ।

गएको सिजन युनाइटेड आठौँ स्थानमा रहेको थियो । फुलहमले १३ औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीले उपाधि जितेको थियो । यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् ।

आज ६ वटा खेल हुँदैछन् । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ ।