मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिग कपको अन्तिम १६ बाटै बाहिरियो गत च्याम्पियन मियामी

लिग कपको अन्तिम १६ बाटै बाहिरियो गत च्याम्पियन मियामी

न्यूजस्टोरी

काठमाडौं । अमेरिकन सकर क्लब इन्टर मियामी लिग कपको अन्तिम १६ बाटै बाहिरिएको छ । आज बिहान लोअर डट कम फिल्डमा कोलम्बस क्रूसँग ३–२ को हार बेहोरेसँगै मियामी अन्तिम १६ बाटै बाहिरिएको हो । 

खेलमा दुई गोलको अग्रता लिए पनि मियामीले त्यसलाई जोगाउन नसक्दा पराजय बेहोर्‍यो । खेलको १०औं मिनेटमा माटियस रोजासले गोल गर्दै मियामीलाई सुरुआती अग्रता दिलाए ।

उनले डिएगो गोमेजको पासलाई पोस्टको दिशा देखाएका थिए । यस्तै, गोमेजले नै ६३औँ मिनेटमा दोस्रो गोल गर्दै मियामीलाई २–० को अग्रता दिलाए ।

उनले लुइस सुआरेजको पासलाई सदुपयोग गरे । ६७औं मिनेटमा कोलम्बसका किश्चियन रामिरेजले गोल गर्दा खेल २–१ को स्थितिमा आयो । 

त्यसको ६ मिनेटपछि डियागो रोसीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । ८१औं मिनेटमा रोसीले नै अर्को गोल गर्दै कोलम्बसलाई ३–२ को पुनरागमन जित दिलाए ।  

यो हारपछि लगातार दोस्रोपटक लिग कपको उपाधि जित्ने मियामीको उपाधि जित्ने लक्ष्य समाप्त भएको छ । गत संस्करणको लिग कपको फाइनलमा मियामीले न्यासभिल एससीलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलोपटक उपाधि जितेको थियो ।

यसपटक भने उसको यात्रा अन्तिम १६ मा नै टुंगियो । लियोनल मेस्सी नहुँदा मियामीले पछिल्लो समय अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । 

उनी कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएपछि मैदान उत्रिएका छैनन् । मेस्सी हाल आराम गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी अगस्टको अन्तिमतिर मैदान फर्किने सम्भावना छ ।