मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइएमईमा गाभियो जीएमई रेमिट, सर्वसाधारणका लागि आइपीओ खुलाउने तयारी 

आइएमईमा गाभियो जीएमई रेमिट, सर्वसाधारणका लागि आइपीओ खुलाउने तयारी 

न्यूजस्टोरी

काठमाडौं । आइएमई लिमिटेड र जीएमई रेमिट मर्ज भएर साउन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । दुई रेमिट मर्ज भएर आइएमई लिमिटेडको नामबाट कारोबार हुने भएको हो । मर्ज पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ हुने छ । हाल आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ छ ।

रेमिट्यान्स कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठुला कम्पनी हुन् । मर्ज पछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो ।

मर्ज पछि कम्पनीले १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पनि गइसकेको छ । सेबोनले अनुमति दिने बित्तिकै कम्पनीले आईपीओ ल्याउने बताएको छ ।

यी दुवै कम्पनीको गत जेठमा भएको साधारणसभाले एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सोही प्रस्तावअनुसार साउन ३० गते एकीकृत कारोबार हुने भएको हो ।