मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४१ वर्षको उमेरमा पेपेको सन्न्यास

४१ वर्षको उमेरमा पेपेको सन्न्यास

न्यूजस्टोरी

पोर्चुगलका डिफेन्डर पेपेले ४१ वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका छन्।

ब्राजिलमा जन्मेका सेन्टर ब्याकको करियरको अन्तिम खेल गत महिना युरो कपको क्वार्टरफाइनलमा फ्रान्ससँग रह्यो। उक्त खेलमा पेनाल्टी सुटआउटमा ३–२ ले पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको थियो। खेलपछि उनी आँसु झार्दै मैदानबाट बाहिरिएका थिए । पेपेले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्। उनले पोर्चुगलका लागि एक सय ४१ खेल खेलेका छन्। कप्तान क्रिस्टियानो रोनाल्डोले दुई सय ११ र जोआओ माउटिन्होले एक सय ४६ खेल खेलेका छन्।

सन् २०१६ को युरो कपको फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो उपाधि जितेको थियो। उक्त प्रतियोगितामा पोर्चुगलको टोलीमा पेपे, रोनाल्डो र माउटिन्हो थिए। रोनाल्डोले रियल मड्रिडका आफ्ना पूर्वसहकर्मीलाई एक्समा बधाई दिएका छन्।

उनले लेखेका छन्, ‘मित्र तिमी मेरो लागि कतिको अर्थपूर्ण छौं भनेर व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन्। हामीले मैदानमा सबै उपलब्धि हासिल गरेका छौं। तर, सबैभन्दा ठूलो उपलब्धि भनेको मित्रता र सम्मान हो। तिमी अद्वितीय छौं, मेरे दाजु। धेरै धेरै धन्यवाद।’

आफ्नो क्लब क्यारियरमा पेपेले २००७(१७ को बीच रियलबाट तीन च्याम्पियन्स लिग र तीन स्पेनिस लिग जिते। उनको अन्तिम क्लब पोर्टो थियो, जुनमा उनी २०१९ मा आबद्ध भएका थिए।