मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतसँगको एकदिवसीय श्रृङ्खलामा श्रीलङ्काको ऐतिहासिक जित

भारतसँगको एकदिवसीय श्रृङ्खलामा श्रीलङ्काको ऐतिहासिक जित

न्यूजस्टोरी

श्रीलङ्काले भारतसँगको ३ खेलको एकदिवसीय श्रृङ्खला २७ वर्ष पछि जितेको छ । घरेलु टोली श्रीलङ्काले भारतसँगको एकदिवसीय श्रृङ्खला २–० ले जितेको हो । श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल घरेलु टोली श्रीलङ्काले १ सय १० रनले जितेको छ ।

हिजो श्रीलङकाले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको भारतले २६ ओभर १ बलमा अल आउट हुँदै १ सय ३८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो ।

यसअघि श्रृङ्खलाको पहिलो खेल बराबरीमा सकिँदा दोस्रो खेल श्रीलङ्काले ३२ रनले जितेको थियो । सन् १९९७ मा श्रीलङ्काले पछिल्लो पटक भारतसँगको एकदिवसीय श्रृङ्खला जितेको थियो ।