मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा २३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा २३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

न्यूजस्टोरी

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २३ सयले घटेको छ। हिजो सोमबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज एकैदिन तोलामा २३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यसअघि, सोमबार २४ क्यारेट (छापावाल) सुन अहिलेसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँले घटेर १७ सय २५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १७ सय ८५ रुपैयाँ कायम रहेको थियो।