मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रीलङ्कासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ३२ रनले पराजित

श्रीलङ्कासँगको दोस्रो एकदिवसीय क्रिकेटमा भारत ३२ रनले पराजित

न्यूजस्टोरी

श्रीलङ्कामा भएको दोस्रो एकदिवसीय क्रिकेटमा भारत घरेलु टोलीसँग पराजित भएको छ । कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा हिजो भएको खेलमा श्रीलङ्का भारतसँग ३२ रनले विजयी भएको हो । जितसँगै श्रीलङकाले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

यसअघि गएको शुक्रवार भएको पहिलो खेल बराबरीमा सकिएको थियो । हिजोको खेलमा श्रीलङ्काले दिएको २ सय ४१ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभर २ बलमा अल आउट हुँदै २ सय ८ रन मात्र बनायो । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट पर्सि बुधवार हुनेछ ।