मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजारमा करेक्सन, १६ अर्बमाथिको कारोबार

सेयर बजारमा करेक्सन, १६ अर्बमाथिको कारोबार

न्यूजस्टोरी

काठमाडौं । अघिल्लो कारोबार दिन ७५ अंकले बढेको सेयर बजार बुधबारको कारोबारमा २७ अंकको करेक्सन देखिएको छ । बुधबारको कारोबारमा बजार २७.३२ अंकले घटेर २५३६.११ अंकमा कायम छ ।

बजारमा करेक्सन देखिँदा ४६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

बजार घटे पनि कारोबारमा भने करिब साढे दुई वर्षपछि १६ अर्बमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

बुधबारको कारोबारमा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । चार करोड सात लाख ४७ हजार २२६ कित्ता सेयर एक लाख ८८ हजार ८६५ पटकमा खरिद बिक्री भएको छ । बोटलर्स नेपाल (तराई) लिमिटेड, एसियन हाइड्रो, चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्स, आरम्भ चौतारी लघुवित्त शीर्ष कमाउने कम्पनीमा रहे ।