मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

न्यूजस्टोरी

काठमाडौं । साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ हजार रूपैयाँले बढेर १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोवार भैइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा १ हजार ८ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।