मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम प्रभावित

तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम प्रभावित

न्यूजस्टोरी

तनहुँ, २९ असार । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो । वन क्षेत्रको जग्गा प्रयोग रूख बिरुवा हटाउन स्वीकृति नपाउँदा प्रसारण लाइन निर्माण कार्य प्रभावित भएको आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

तनहुँतर्फको भागमा समस्या नरहे पनि चितवनतर्फ समस्या रहेकाले समस्या समाधान गर्नेतर्फ आयोजना लागिरहेको भण्डारीले बताउनुभयो । प्रसारण लाइन निर्माणको काम अहिलेसम्म ७३ दशमलव ५ प्रतिशत सकिएको छ । प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये अहिलेसम्म ७७ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भइसकेको छ ।

केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम दुई वर्षअघि नै सक्नुपर्नेमा म्याद थपेर आउँदो पुससम्म पुर्‍याएको आयोजनाले जनाएको छ ।