काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
यसअघि असार २३ गते सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ रहेको थियो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हार ९ सय रुपैयाँ रहेकोमा बढेर आज १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ रहेकोमा आज बढेर १ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।
यता, चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँ रहेकोमा आज १५ रुपैयाँ पुगेको हो ।


प्रतिक्रिया