मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ अन्तर्गतका सात देशका फुटबल सङ्घका अध्यक्ष, महासचिवको बैठक काठमाण्डौमा हुने

साफ अन्तर्गतका सात देशका फुटबल सङ्घका अध्यक्ष, महासचिवको बैठक काठमाण्डौमा हुने

न्यूजस्टोरी

काठमाडौं, २८ असार । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)अन्तर्गत रहेका सात देशका फुटबल सङ्घका अध्यक्ष तथा महासचिवको बैठक काठमाण्डौमा हुने भएको छ । दक्षिण एसियामा फुटबलको विकास, विस्तार र प्रतियोगिताबारे छलफल गरिने बैठक आउने साउन ७ र ८ गते काठमाण्डौमा हुने टुङ्गो लागेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का महासचिव किरण राईले जानकारी दिनुभयो ।

साफमा नेपालसहित भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, भुटान र पाकिस्तान सदस्य छन् । एन्फाले आयोजना गर्न लागेका अन्तर्राष्ट्रिय दुई प्रतियोगिता २० वर्ष मुनिको साफ च्याम्पियनसिप २०२४ र साफ महिला च्याम्पियनसिप २०२४ को पूर्वसन्ध्यामा दक्षिण एसियाली क्षेत्रका फुटबल सङ्घका अध्यक्ष, महासचिवको बैठक काठमाण्डौमा हुने भएको हो ।